Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सोचे अनुसारको काम गर्न सकिनँ : मन्त्री झाँक्री  

सोचे अनुसारको काम गर्न सकिनँ : मन्त्री झाँक्री  

  • 473
    SHARES
  • सोचे अनुसारको काम गर्न सकिनँ : मन्त्री झाँक्री  

    काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो एकसय दिनको कार्यकालको समीक्षा गरेकी छिन् । मन्त्री भएको सयदिन पूरा भएको अवसरमा मन्त्री झाँक्रीले मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरी आफ्ना उपलब्धि सार्वजनिक गरेकी हुन् ।

    सम्मेलनमा बोल्दै झाँक्रीले प्रदेश र संघीय सरकारी निकायबीच नै समन्वय नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको बताइन् । सहरी क्षेत्रमा बसोबास गर्ने आमजनताकाे अपेक्षालाई मध्यनजर गर्दै आफूले काम गरिरहेको उनकाे भनाइ छ ।

    उनले प्रदेश र संघीय सरकारका कतिपय निकायहरूबीच समन्वय गराउन आफूले प्रयत्न गरेको र सोहीअनुसार काम भइरहेको मन्त्री झाँक्रीले बताइन् । प्रभावकारी ढंगले काम हुनका लागि पालिका, प्रदेश र संघीय मन्त्रालयबीच समन्वय अपरिहार्य भएको उनले बताइन् ।

    प्रत्येक पालिकासँग सहरी विकासका लागि समन्वय भइरहेको मन्त्री झाँक्रीले जानकारी गराइन् । उनले बाग्मती नदीलाई ढलमुक्त बनाउने प्रतिबद्धता व्यक्ति गरिन् ।

    बाग्मती नदीलाई कुनैपनि हालतमा अतिक्रमणबाट रोक्ने उनले प्रतिबद्धता जनाइन् । जनता आवास कार्यक्रममा आफू प्रतिबद्ध गरेको भन्दै झाँक्रीले काठमाडौंका घना बस्तीमा खुला क्षेत्र निर्माण गर्ने तयारी भइरहेको उनले बताइन् ।     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij