Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विप्लव र किराँतीसँग असन्तुष्ट कार्यकर्ता माओवादीमा प्रवेश, मोहन वैद्यले गरे स्वागत

विप्लव र किराँतीसँग असन्तुष्ट कार्यकर्ता माओवादीमा प्रवेश, मोहन वैद्यले गरे स्वागत

  • 1.4K
    SHARES
  • विप्लव र किराँतीसँग असन्तुष्ट कार्यकर्ता माओवादीमा प्रवेश, मोहन वैद्यले गरे स्वागत

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी र गोपाल किराँती नेतृत्वको नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट नेताहरूले मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेश गरेका छन् ।

    सोमबार ललितपुरमा आयोजित कार्यक्रमा माओवादी केन्द्रका सचिवालय सदस्य बिमल निरौला, केन्द्रीय सदस्यहरू प्रकाश राई र गणेश निरौला क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।

    नेता किराँतीमा वैचारिक विचलन आएको भन्दै उनीहरूले पार्टी परित्याग गरी वैद्य नेतृत्वको माओवादीलाई रोजे । उनीहरूलाई महासचिव वैद्यले पार्टी प्रवेश गराए । त्यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले पनि वैद्य नेतृत्वको माओवादीलाई नै रोजे ।

    प्रवेश गर्नेहरूमा पुष्कर श्रेष्ठ, तारा थापा, केदार खतिवडा, जीपी चौलागाईं, ज्ञानेन्द्र बुढाथोकी, रामबहादुर तिरूवा, प्रभात भटाराई, हिरा शाही, युवराज पराजुली, शिवहरी घिमिरे मेलम योन्जनलगायत छन् ।

    वैद्यले उनीहरूलाई बधाई तथा शुभकामना दिए । उनले विभिन्न समूहमा रहेका क्रान्तिकारी कमरेडहरूलाई आउन आग्रहसमेत गरे । उनले भने,‘आउनुहोस् ! हामीले एकताबद्धको सुरूवात गरेका छौं ।’ आजको दिन आफू र आफ्नो पार्टीले लामो समयदेखि प्रतीक्षा गरेको दिन रहेको पनि नेता वैद्यले बताए ।

    ‘विभिन्न जनआन्दोलनमा साथ दिएका जनताले अब पनि नयाँ क्रान्तिकारी अभियानमा साथ दिने विश्वास लिएको छु,’ उनले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij