Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

बुटवलको यातायात कार्यालय माघ ७ सम्म बन्द

बुटवलको यातायात कार्यालय माघ ७ सम्म बन्द

  • 1.0K
    SHARES
  • बुटवलको यातायात कार्यालय माघ ७ सम्म  बन्द

    बुटवल । यातायात व्यवस्था कार्यालय सवारी रुपन्देही चार दिनको लागि बन्द हुने भएको छ ।

    कार्यालयमा कार्यरत केही कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको र अधिकाँसमा कोरानासँग सम्बन्धित लक्षणहरु देखिएको भन्दै भोलि मंगलबारदेखि ७ माघसम्मका लागि कार्यालय बन्द गरिएको हो ।

    कोरोनाको जोखिम बढेपछि कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा ७ गतेसम्मका लागि बन्द गरिएको कार्यालय प्रमुख रमेश गौतमले जानकारी दिए ।

    माघ ७ सम्मका लागि सबै प्रकारका सवारीको नामसारी कार्य रोकिएको र अत्यावश्यक सेवाहरु आंसिक मात्र सञ्चालन हुने गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij