Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

जंगलको डढेलोले घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

जंगलको डढेलोले घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

  • चैत्र २३, २०७७ सोमवार १२:०३ बजे
  • 657
    SHARES
  • जंगलको डढेलोले घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

    हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकामा आगलागी हुँदा एक वृद्धाको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    वडा नम्बर–३ पारीपाखाको जंगलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रितिबहादुर सिन्तानको घर र गोठमा डढेलोका कारण आगलागी हुँदा निजका श्रीमती हस्तमायाको मृत्यु भएको हो । 

    साथै उक्त आगलागीमा परेर उनको गोठमा रहेका १० खसीबाख्रा, अन्नपात र लत्ताकपडासमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको शवको मुचुल्का गरी परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij