वेबटिभी खबर
उदयपुर । उदयपुरमा हिँडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । उदयपुरगढीबाट गाईघाट जादै गरेको ना ३ ख ६९४४ नम्बरको बसबाट एक यात्रु खस्दा यात्रुको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएका छन् ।
उदयपुरगढी गाउँपालिका-५ का ५० वर्षीय कृष्णबहादुर राईको मृत्यु भएको हो । गुडिरहेको बसबाट खसेका राईको बसको पछाडीको टायरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
बसका चालक रौतामाई गाउँपालिका-७ का राजन राउतलाई नियन्त्रणमा लिईएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij