वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा मंगलबार ५५ सय ४९ जना कोरोना संक्रमणका नयाँ बिरामी थपिएका छन् ।
यो संख्या मंगलबार देशभर थपिएका संक्रमितको तुलनामा आधाभन्दा बढी हो । आज देशभर १० ह्ज्ँर २५८ जनामा संक्रमण पुष्टि भएको छ ।
अहिले देशभर बढेका कोरोना संक्रमितमध्ये काठमाडौंमा सबैभन्दा बढी छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ४००४ जना, ललितपुर जिल्लामा ९७५ जना र भक्तपुर जिल्लामा ५७० जना नयाँ संक्रमित पाइएका हुन् ।
काठमाडौं उपत्यकामा संक्रमण दर बढेपछि मंगलबार तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना बढ्न नदिन २७ बुँदे आदेश जारी गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij