वेबटिभी खबर
जनकपुरधाम । प्रदेश २ को नाम मधेस राखिएको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुतला दहन गरेका हुन्।
युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुतला जलाएका छन् ।
मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।
पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरूले विरोधका कार्यक्रम गर्दै आएका छन् । प्रदेशको नाम मधेस कायम भएको खुसीयाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij