Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

नेपाल चलचित्र निर्देशक समाजको वार्षिकोत्सवको अवसरमा हेमबहादुर लामासहित पाँच निर्देशक सम्मनित

नेपाल चलचित्र निर्देशक समाजको वार्षिकोत्सवको अवसरमा हेमबहादुर लामासहित पाँच निर्देशक सम्मनित

  • चैत्र २३, २०७७ सोमवार १२:५४ बजे
  • 1.1K
    SHARES
  • नेपाल चलचित्र निर्देशक समाजको वार्षिकोत्सवको अवसरमा हेमबहादुर लामासहित पाँच निर्देशक सम्मनित

    काठमाडौं ।  निर्देशक हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल चलचित्र निर्देशक समाजले काठमाडौंमा एक समारोह आयोजना गर्दै निर्माता समेत रहेका ९२ वर्षीय लामालाई सम्मान गरेको हो ।

    निर्देशक हेमबहादुर लामाले नीजि क्षेत्रबिाट चलचित्र बन्न थालेपनछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।  

    चलचित्र विकास बोर्डमा आयोजित निर्देशक समाजको १३ औं साधारण सभामा लामासँगै अन्य निर्देशकलाई पनि सम्मान गरिएको छ । सो अवसरमा चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पुरीलाई सम्मान गरिएको थियो । 

    director-assocition-.jpg

    निर्देशक ऋषि लामिछानेलाई युवा चलचित्र निर्देशक र दीपाश्री निरौंलालाई लोकप्रिय निर्देशकको अवार्डद्धारा सम्मान गरियो । उक्त कार्यक्रममा निर्देशक समाजको सदस्यहरुलाई अबदेखि सदस्यता लिनेबित्तिकै दुर्घटना बीमा हुने कार्यक्रमको घोषणा गरिएको थियो । यसका साथै समारोहमा निर्देशक समाजले अक्षय कोषको समेत घोषणा गरेको छ । 

    संस्थाका महासचिव जनकदिप पराजुलीले संचालन गरेको कार्यक्रममा संस्थाको बिबिध गतिबिधि समेटेर निर्माण गरिएको भिडियोसमेत देखाइएको थियो । 

    raghunath-sapkota-.jpg

    समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा सफलता हासिल गरिरहेका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रममा चलचित्र क्षेत्रका विशिष्ट व्यक्ति तथा चलचित्रप्रेमीहरुको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij