Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कालोसूचीमा परे सात वटा कम्पनी

कालोसूचीमा परे सात वटा कम्पनी

  • 613
    SHARES
  • कालोसूचीमा परे सात वटा कम्पनी

    काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालयले ७ वटा कम्पनिलाई कालो सूचीमा राखेको छ । ६ माघ देखि लागु हुने गरी अनुगमन कार्यालयले निमार्ण व्यावसायी र आपूर्तिकर्ताहरुलाई १ देखि ३ बर्षसम्म कालो सूचीमा  राखेकाे हाे ।

    कालो सुचीमा रहेका कम्पनिले राखिएको अबधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने अनुगमन कार्यालयले जनाएको छ ।

    कालाे सूचीमा पर्ने कम्पनिहरुमा गजराज बालन योगीको बालन बद्रर्स कन्ट्रक्सन एन्ड सप्लायर्स, तिलक पाण्डेको बरदान कन्सल्टेन्ट एन्ड कन्ट्रक्सन, विज्ञानकुमार अर्यालको डाइग्नेकेम– जय शम्भु जेभी, निहाल गुरुङको ग्रिन टेक प्रोजेक्ट प्रालि, चेतबहादुर बुढाको एसएनसी निमार्ण सेवा प्रालि, इनामुल्लाह फकिरको शाह निमार्ण सेवा प्रालि र रञ्जन रायमाझीको आरोग्य कन्ट्रक्सन प्रालि छन् ।

    Kalo-Suchi.JPG

  • सम्बन्धित विषय:

  • # कालोसूची

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij