वेबटिभी खबर
काठमाडौं । मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ । बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध भएको हाे ।
सिमभञ्ज्याङ क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि त्रिभुवन राजपथ भएर चल्ने सबै सवारी साधन रोकिएका छन ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij