Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

रुसको सबैभन्दा आकर्षक पुरुष भ्लाद्मिर पुटिन 

रुसको सबैभन्दा आकर्षक पुरुष भ्लाद्मिर पुटिन 

  • चैत्र २३, २०७७ सोमवार १४:५८ बजे
  • 1.0K
    SHARES
  • रुसको सबैभन्दा आकर्षक पुरुष भ्लाद्मिर पुटिन 

    मस्को । रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई देशको सबैभन्दा कामुक पुरुष घोषित गरिएको छ । दुई हजार मानिसहरुमा गरिएको सर्वेअनुसार ६८ वर्षीय एकल पुरुष पुटिनलाई देशको सबैभन्दा सुन्दर पुरुष घोषित गरिएको छ ।

    सुपरजब नामको जब बोर्ड साइटको सर्वेमा १८ प्रतिशत पुरुष र १७ प्रतिशत महिलाले पुटिनलाई देशको सबैभन्दा आकर्षक पुरुषको रुपमा छानेका थिए । उक्त साइटले भ्लाद्मिर पुटिन अहिलेसम्म देशका सबैभन्दा आकर्षक पुरुष रहेको बताएको छ ।

    साइटका अनुसार कुनै पनि अभिनेता, खेलाडी वा नेताले यो शीर्षकको लागि पुटिनसँग प्रतिस्पर्धा गर्न सक्दैनन् । पुटिनका धेरै फोटोहरू प्रायः शर्टलेस माछा मार्ने र घोडामा चढेका छन् । सन् २०१८ मा पुटिनले आफ्ना सर्टलेस तस्बिरका लागि असहज महसुस नगर्ने प्रतिक्रिया दिएका थिए । यी तस्बिरमा पुटिन शक्तिशाली व्यक्तिको रुपमा देखिएको मानिन्छ । 

    पुटिनपछि सबैभन्दा आकर्षक पुरुषमा अभिनेता दिमित्री नागियेव दोस्रो स्थानमा, तेस्रोमा डेनिला कोजलोव्स्की छन् । रुसका तीन सय सहरका एक हजार पुरुष र दुई हजार महिला यस सर्वेमा सहभागी भएका थिए । 

  • सम्बन्धित विषय:

  • # रुस
  • # भ्लाद्मिर पुटिन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij