Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिकाको  सेवा प्रभावित

कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिकाको  सेवा प्रभावित

  • 519
    SHARES
  • कर्मचारीलाई कोरोना देखिएपछि नगरपालिकाको  सेवा प्रभावित

    काठमाडौं ।  सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सेवा प्रभावित बनेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरूलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमित रुपमा दिँदै आएको सेवा प्रभावित भएको हो । 

    नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई पनि कोरोना देखिपछि केही वडा कार्यालय समेत बन्द भएका छन् ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहि अन्य कर्मचारीमा पनि कोरोना सङ्क्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए ।

    सङ्क्रमित कर्मचारी होम आइसोलेसनमा छन् ।  कार्यालय खुला नै रहेको नगर प्रमुख वासुदेव थापाले बताए । कर्मचारी संक्रमित भएर होमआइसोलेशनमा बसेपछि अत्यावश्यक बाहेकका सेवा दिन नसकिएको थापाकाे भनाइ छ ।

    कर्मचारीलाई सङ्क्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उनले बताए । त्यस्तै मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सेवा प्रभावित भएका छन् । 

    मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा एक हजार १०० पुरुष र ९५१ महिला सक्रिय कोरोना सङ्क्रमित छन्  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij