Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएपछि प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएपछि प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

  • चैत्र २३, २०७७ सोमवार १५:२१ बजे
  • 897
    SHARES
  • मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता हुने भएपछि प्रदेश १ को प्रदेशसभा बैठक बस्दै

    काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक दिउँसो ३ बजे बस्ने भएको हो । आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वास प्रस्ताव फिर्ता हुने भएको छ ।

    images

    अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका सांसद्ले हस्ताक्षर फिर्ता लिएपछि माओवादीले प्रस्ताव फिर्ता लिने भएको हो ।

    तत्कालीन नेकपाका ३७ जना संसद्ले राईको विकल्पमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै पुस १२ गते अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

    आचार्य सहितिका एमाले सांसद्ले नै प्रस्ताव फिर्ता लिएपछि अविश्वास प्रस्ताव प्रभावहीन बनेको छ । प्रस्ताव संसदमा टेबुल भइसकेकोले आजको बैठकमा उक्त प्रस्तावलाई फिर्ता लिने प्रस्ताव माओवादीले संसदमा लाने छ ।

    यता बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिइएको छ । नेपाल पक्षकै नेतृ अष्टलक्ष्मी शाक्यसहितका प्रदेश सांसदले पौडेलविरुद्ध पेश गरेको अविश्वासको प्रस्ताव बुधबार फिर्ता लिइएको हो ।

  • सम्बन्धित विषय:

  • # प्रदेश १

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology