Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तेह्रथुममा तपाइको माक्स खै ? कार्यक्रम प्रभावकारी हुँदै

तेह्रथुममा तपाइको माक्स खै ? कार्यक्रम प्रभावकारी हुँदै

  • 528
    SHARES
  • तेह्रथुममा तपाइको माक्स खै ? कार्यक्रम प्रभावकारी हुँदै

    तेह्रथुम । कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै ? अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले माक्स नलगाउनले सर्वसाधारणलाई १ सय रुपैयाँ जरिवाना लिँदै अभियान संचालन गरेको हो ।

    बजार क्षेत्रमा बिना माक्स हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई १ सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिड्ने १ सय ३० जनालाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिपछि १४ माघसम्म अत्यावश्यकबाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

    जिल्लाको लालीगुराँस नगरपालिकामा पनि कर्मचारीहरूमा संक्रमण देखिपछि यही १३ माघसम्म अत्यावश्यक बाहेकका काम बन्द गरेको जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij