Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सात विद्यार्थी संगठनद्वारा काठमाडौं मेडिकल कलेजमा तालाबन्दी

सात विद्यार्थी संगठनद्वारा काठमाडौं मेडिकल कलेजमा तालाबन्दी

  • 1.0K
    SHARES
  • सात विद्यार्थी संगठनद्वारा काठमाडौं मेडिकल कलेजमा तालाबन्दी

    काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा संयुक्त विद्यार्थी संगठन (सात विद्यार्थी संगठन आबद्ध) ले तालाबन्दी गरेको छ ।  समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष टंकप्रसाद धमलाकाअनुसार आइतबार सात विद्यार्थी संगठनले केएमसीमा तालाबन्दी गरेको हो ।

    एमबीबीएस प्रथम वर्ष अध्ययनरत विद्यार्थीहरूलाई अतिरिक्त शुल्क माग गरेको भन्दै विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका हुन् । 
    केएमसीमा एमबीबीएस अध्ययनरत प्रथम वर्षका विद्यार्थीहरूले कलेजले करिब २० लाख रूपैयाँ अतिरिक्त माग गरेको भन्दै करिब २ महीनादेखि आन्दोलन गरिहेका छन् ।

    शुल्क विवाद समाधानका लागि शिक्षा मन्त्रालयदेखि विभिन्न निकायमा पटक पटक छलफल हुँदा पनि समस्या समाधान हुन सकेको छैन ।

    केएमसी सञ्चालक सुनील शर्माले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क नलिए पढाउन नसक्ने भन्दै सरकारकारी निकायलाई बारम्बार चुनौती दिएपनि सरकारले ठोस कदम भने चाल्न सकेको छैन ।

    चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यकाभित्र एमबीबीएस अध्ययनरत विद्यार्थीहरूका लागि ४० लाख २३ हजार २५० रुपैयाँ अध्ययन शुल्क निर्धारण गरे पनि केएमसीले अध्ययन अवधिभर करिब ६० लाख रुपैयाँ तिर्ने सम्झौता पत्रमा हस्ताक्षर गर्न दबाब दिएको विद्यार्थीहरूको गुनासो छ ।

    त्यस्तै उपत्यका बाहिर एमबीबीएस अध्ययन गर्ने विद्यार्थीका लागि आयोगले ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरे पनि विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरूबाट थप १५ लाख अतिरिक्त शुल्क माग गरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् ।

    यी दुवै मेडिकल कलेजको सञ्चालन शर्माले नै गर्दै आएका छन् । नोबेल मेडिकल कलेजका विद्यार्थीहरू पनि केही दिनदेखि काठमाडौंमै आन्दोलन गरिरहेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij