Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

शिक्षामन्त्रीले बोलाएको बैठकमा गएनन् गाउँपालिका महासंघ र नगरपालिका संघका अध्यक्ष

शिक्षामन्त्रीले बोलाएको बैठकमा गएनन् गाउँपालिका महासंघ र नगरपालिका संघका अध्यक्ष

  • 2.0K
    SHARES
  • शिक्षामन्त्रीले बोलाएको बैठकमा गएनन् गाउँपालिका महासंघ र नगरपालिका संघका अध्यक्ष

    काठमाडौं । गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र नगरपालिका संघका अध्यक्ष शोक कुमार ब्याञ्जु (श्रेष्ठ) शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बोलाएका बैठकमा सहभागी भएनन् ।

    images

    शिक्षामन्त्री देवेन्द्र पौडलले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) न्युनतम पारिश्रमिक, शिक्षक तथा विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप र विद्यालयको अवस्थाबारे छलफल गर्न साेमबार बैठक राखेका थिए ।

    सो बैठकमा महासंघ र संघका अध्यक्षहरू सहभागी भएनन् । वेबटिभी खबरले बैठकको निर्णयबारे जानकारी लिन मंगलबार बिहान फोन गर्दा गाउँपालिका महासंघका अध्यक्ष श्रेष्ठले आफू कार्यव्यस्तताका कारण बैठकमा उपस्थित नभएको वेबटिभी खबरलाई जानकारी दिए ।

    उनले बैठकको निर्णय पनि जानकारी नभएको बताए । त्यसैगरी नगरपालिका संघका अध्यक्ष ब्याञ्जुले पनि कार्यव्यस्तताका कारण आफू बैठकमा उपस्थित नभएको जानकारी दिए ।

    शिक्षामन्त्री पौडेलले सोमबार उनीहरूसँग छलफल गर्न लागेको जानकारी शिक्षामन्त्रीका प्रेस संयोजक बिमल खड्काले वेबटिभी खबरलाई दिएका थिए ।

    संघीय सरकारले तोकेको सात हजार पारिश्रमिक स्थानीय तहले नदिएपछि इसीडी शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् । गत ७ मंसीरमा मन्त्रालयमै आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पौडेलले गाउँपालिका महासंघ र नगरपालिका संघका प्रतिनिधिहरूसँग पारिश्रमिकका विषयमा ८ मंसिरमा छलफल गर्ने बताएका थिए ।   

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology