Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग कर्मकाण्डको विषय होइन : कमल थापा

नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग कर्मकाण्डको विषय होइन : कमल थापा

  • 997
    SHARES
  • नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग कर्मकाण्डको विषय होइन : कमल थापा

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले नेपाल हिन्दुराष्ट्र हुनुपर्छ भन्ने माग पूजाआराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने विषय नभएको बताएका छन् ।

    मंगलबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले हिन्दुराष्ट्रको माग नेपाली पहिचान, राष्ट्रिय एकताको आधार तथा परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड भएको समेत जनाएका छन् ।

    उनले भनेका छन्, ‘नेपाल ‘हिन्दुराष्ट्र’ हुनुपर्छ भन्ने माग केवल संविधानमा दुई शब्द लेखाउने, धर्मको नाममा राज्य संचालन गर्ने वा पूजाआराधना र कर्मकाण्डको अधिकार सुनिश्चित गर्ने विषय होइन । हिन्दुराष्ट्र नेपाली पहिचान,राष्ट्रिय एकताको आधार तथा हाम्रो परिवार,समाज र राज्य व्यवस्थाको मेरुदण्ड हो ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij