Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

जिल्ला प्रशासनले सुरू गर्यो आलोपालो प्रणाली 

जिल्ला प्रशासनले सुरू गर्यो आलोपालो प्रणाली 

  • 532
    SHARES
  • जिल्ला प्रशासनले सुरू गर्यो आलोपालो प्रणाली 

    काठमाडौं । तनहुँ जिल्ला प्रशासन कार्यालयले मंगलबार(आज)देखि आलोपालो प्रणाली मार्फत सेवा प्रवाह सुरू गरेको छ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको र खोपकार्डको व्यवस्था अनिवार्य गर्दा पनि भीड कम नभएपछि प्रशासनले सेवा ग्राहीलाई नै आलोपालो बोलाएर सेवा दिन थालेकाे हो ।

    सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम कार्यालयबाट प्रदान गरिने सेवा आलोपालो गरी सेवाग्राहीलाई दिने  व्यवस्था मिलाइएको सहायक प्रजिअ काशीराम गैरेले बताए ।

    गैरेका अनुसार आइतबार, मङ्गलबार र  बिहीबार व्यास, भानु, बन्दीपुर, देवघाट आँबुखैरेनी गाउँपालिका क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गरिनेछ ।

    त्यस्तै सोमबार, बुधबार र शुक्रबार शुक्लागण्डकी तथा   भिमाद नगरपालिका र म्याग्दे, ऋषिङ तथा घिरिङ गाउँपालिकाका व्यक्तिहरुलाई सेवा प्रदान गरिने गैरेले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij