काठमाडौं । दक्षिणपूर्वी नाइजेरियाको एउटा जेलबाट करिब दुई हजार कैदीहरु भागेका छन् । पीकअप ट्रक र बस चढेर आएको हतियारधारी समूहले जेलमा आक्रमण गरेपछि कैदीहरु भागेका हुन् ।
सोमबार बिहान इमो राज्यको ओभरी सहरस्थित जेलमा विस्फोट गरेपछि एक हजार आठ सय ४४ कैदीहरु भागेको र आक्रमणमा एक प्रहरी अधिकारी घाइते भएको द गार्जियनले उल्लेख गरेको छ । आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन ।
३५ जना जेलबाट भाग्न अस्वीकार गरेको र भागेकाहरुमध्ये ६ जना जेलमै फर्किएको बताइएको छ । प्रहरीले प्रतिबन्धित समूह बियाफ्राले उक्त आक्रमण गराएको अनुमान गरेको छ । प्रहरी प्रवक्ताका अनुसार आक्रमणकारीहरूले रकेट प्रुफ ग्रेनेड, मेशिन गन, विस्फोटक र राइफल बोकेका थिए ।
राष्ट्रपति मोहम्मद बुहारीले जेलमा गरेको आक्रमणलाई ‘आतंकवादी हमला’ भएको बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij