Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सुर्खेतका मुख्य नाकामा ‘होल्डिङ सेन्टर’ 

सुर्खेतका मुख्य नाकामा ‘होल्डिङ सेन्टर’ 

  • 425
    SHARES
  • सुर्खेतका मुख्य नाकामा ‘होल्डिङ सेन्टर’ 

    कर्णाली । कोभिड-१९ संक्रमणको जोखिमलाई फैलिन नदिन सुर्खेतका दुई स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले सुर्खेतको छिन्चु र जामु कुइनेमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।

    यी दुई नाका सुर्खेत भित्रिने मुख्य नाका हुन् । होल्डिङ सेन्टरमा स्वास्थ्य सहायता कक्ष पनि सञ्चालन गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले स्थानीयतहसँग समन्वय गरेर होल्डिङ सेन्टर र स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिए ।

    उनले सार्वजनिक सवारीसाधनका यात्रुका लागि खोप कार्ड अनिवार्य गर्ने, खोप नलगाएको भए खोप लगाउन व्यवस्था मिलाउन निर्देशन जारी गरेको बताए । कोभिड-१९ को दोस्रो लहरका बेला बबईमा स्थापना गरिएको होल्डिङ सेन्टर छिन्चुमा सारिएको छ । उक्त होल्डिङ सेन्टर बबईमा पर्याप्त जग्गा र भवन नहुँदा छिञ्चु सारिएको हो ।

    प्रमुख जिल्ला अधिकारी रिजालले प्रदेश भित्रिने सिमा नाकामा यातायातका साधनमा निगरानी बढाउनु साथै सम्बन्धित स्थानीयतह र प्रदेश सरकारको साझेदारीमा कोरोना परीक्षण गर्ने सुरु गरेको जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालयम मंगलबार बसेको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले यसअघि सञ्चालित मास्क वितरण र खोप अभियानलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij