Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा बन्द

कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा बन्द

  • 487
    SHARES
  • कोरोनाका कारण अदालत र स्वास्थ्य केन्द्रका सेवा बन्द

    बैतडी । कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालत र विभिन्न स्वास्थ्य केन्द्रका सेवा स्थगित गरिएका छन् । जिल्ला अदालत, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालका सेवा स्थगित गरिएका छन् ।

    चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि मेलौली नगरपालिकास्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले सेवा स्थगित गरेको हो । स्वास्थ्य केन्द्रले अत्यावश्यक र आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले जानकारी दिए ।

    दयालका अनुसार एन्टीजेन परीक्षण गर्दा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चार स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवाहरु बन्द गरिएको हो । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि प्रसुती सेवा र आकस्मिक बाहेकका अरु सेवा बन्द गरिएको केन्द्रले जनाएको छ ।

    यस्तै कर्मचारीमा कोरोना देखिएपछि बैतडी जिल्ला अदालतका सेवा  पनि बन्द गरिएका छन् । अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको जनाएका  छ । 

    कोरोनाको जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अतिआवश्यक सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ । बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी गर्ने कार्य गरिनेछ भने अभियोग दर्ता, बयान र थुनछेक नियमित रुपमा सञ्चालन गरिनेछ । 

    मुलुकी फौजदारी कार्यविधि संहिता सम्बन्धि मुद्दा र मुद्दा फिर्ता, तामेली लगायतका कार्य पनि गरिने जनाइएको छ । सजाय निर्धारणका लागि पेशी तोकिएका मुद्दाको नियमित सुनुवाइ गरिनेछ । यी बाहेकका सेवा तत्कालका लागि बन्द गरिएको अदालतले जनाएको छ ।  
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij