Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिन्दै 

ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिन्दै 

  • 522
    SHARES
  • ताप्लेजुङमा सिटामोलको मौज्दात रित्तिन्दै 

    ताप्लेजुङ । विभिन्न जिल्लामा सिटामोल अभावको समाचार आइरहदा ताप्लेजुङमा पनि सिटामलको मौज्दात बारे अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका मेडिकल तथा अस्पतालहरूमा सिटामोलको मौज्दात रित्तिन्दै गएको पाएको हो ।

    अनुगमनका क्रममा अधिकांश मेडिकल पसलहरूमा सिटामोलको अभाव रहेको देखिएको छ । मंगलबार सदरमुकाम फुङ्लिङ बजारमा सञ्चालित ८ वटा औषधि पसल तथा मेटिकलहरूमा समितिले सिटामोलको मौज्दात बारे अनुगमन गरेको थियो ।

    अधिकांश मेडिकल हलहरूमा शून्य, कुनैमा १ सयदेखि ४ सय चक्कीसम्म सिटामोलको मौज्दात रहेको अनुगमन समितिका कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताए । खपत बढी हुने भएकाले मौज्दात सिटामले माग धान्न सक्ने अवस्था नरहेको समितिले जनाएको छ ।

    ताप्लेजुङ जिल्ला अस्पतालमा भने २ लाख ६ हजारभन्दा बढी सिटामोल चक्की मौज्दात रहेको जिल्ला अस्पाताल ताप्लेजुङका सूचना अधिकारी विजया राईले  जानकारी दिएं ।अधिकांश सिटामल ६ महिनाको समयभित्र उपभोग गरिसक्नु पर्ने अवस्थाको रहेको जिल्ला अस्पतालले जनाएको छ ।

    जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरूमा समेत औषधि पठाउनु पर्ने भएकाले थप आपूर्ति नभए सिटामोल अभाव हुने अनुगमन समितिको निश्कर्ष छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij