Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

झाँक्रीको आधा तलब पत्रकारका परिवारलाई 

झाँक्रीको आधा तलब पत्रकारका परिवारलाई 

  • 531
    SHARES
  • झाँक्रीको आधा तलब पत्रकारका परिवारलाई 

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एक महिनाकाे आफ्नो आधा तलब स्वर्गीय पत्रकार एलबी विश्वकर्माका परिवारलाई उपलब्ध गराएकी छिन् । झाँक्रीले बुधबार विश्वकर्माकी श्रीमतीलाई तलब दिएकी हुन् । 

    झाँक्रीले आफ्नो तलबको आधा रकम स्व.विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नविल बैंकको खातामा ट्रान्सफर गरिदिएको झाँक्रीको सचिवालयले जनाएको छ । 

    पत्रकार विश्वकर्माको गत बिहीबार उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij