Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पोखरा महानगरको सेवा स्थगित

पोखरा महानगरको सेवा स्थगित

  • 350
    SHARES
  • पोखरा महानगरको सेवा स्थगित

    पाेखरा । भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाबाट प्रवाह हुँदै आएका अत्यावश्यकबाहेकका नियमित सेवाहरू आजदेखि स्थगित गरिएको छ ।

    पछिल्लो समय कोरोना भाइरस संक्रमणबाट केही कर्मचारी संक्रमित भएपछि यही माघ १६ गतेसम्मका लागि नियमित सेवाहरू बन्द गरिएको महानगरपालिकाले सूचना जारी गरी जनाएको छ ।

    केही कर्मचरी संक्रमित र अन्य कर्मचारीमा कोभिडसँग मिल्दाजुल्दा लक्षण देखा परेकाले थप जोखिम बढ्नसक्ने भएकाले सरसफाइ, स्वास्थ्य तथा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

    उनका अनुसार महानगरका ३३ वडामध्ये अन्य चार वडाको सेवा पनि कोरोना संक्रमणका कारण बन्द गरिएको छ । महानगरका महाशाखा तथा शाखा कार्यालय पनि बन्द हुने बताइएको छ ।

    जिल्लामा पछिल्लो समय संक्रमण बढ्दै जाँदा अधिकांश सार्वजनिक सेवा प्रदायक कार्यालयको सेवा बन्द गरिएको छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij