Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

कोटेश्वर-जडीबुटी सडक निर्माण चैतसम्ममा सम्पन्न हुने

कोटेश्वर-जडीबुटी सडक निर्माण चैतसम्ममा सम्पन्न हुने

  • 778
    SHARES
  • कोटेश्वर-जडीबुटी सडक निर्माण चैतसम्ममा सम्पन्न हुने

    काठमाडौं । उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वर–जडीबुटी सडक विस्तारकाे एकातर्फी काम सकिएको छ । अर्कातर्फको काम चैतसम्ममा सकिने गरी अघि बढाइएको सडक डिभिजन  कार्यालय काठमाडौंले जनाएको छ ।

    उत्तरतर्फको निर्माणस्थलमा रहेको घरका कारणले पनि विस्तारमा समस्या भएको डिभिजनले जनाएको छ । घरधनी स्थानान्तरणका लागि सहमत नभएपछि अहिले सो विषय मुद्दामा छ । कोभिड संक्रमणले असर पुगेका अरु ठेक्का जसरी यो ठेक्काको अवधि पनि आगामी चैतसम्मका लागि थप भएको छ ।

    त्यतिबेलामासम्म निर्माण सकिने इञ्जीनियर केसीले बताए । काममा अवरोध नभए दुई सातामा काम सम्पन्न हुने उनको भनाइ छ ।

    उपत्यका भित्रने एक प्रमख नाकाका रूपमा यो सडक खण्ड रहेको छ । खासगरी प्रदेश १ र मधेस प्रदेशसँगै बागमती प्रदेशका विभिन्न जिल्लाबाट उपत्यका भित्रिनका लागि कोटेश्वर हुँदै आवत-जावत गर्नुपर्ने हुन्छ ।

    सबैतिरबाट सवारीसाधन आउने तर चोक सानो हुँदा लामाे समयसम्म जाम हुने गरेको थियो । चोक चौडा गरेसँगै जाम नियन्त्रणमा सहजता हुने अपेक्षा गरिएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा देब्रे (उत्तर)तर्फ एक लेन र दाहिने (दक्षिण)तर्फ दुई लेन थप्ने गरी निर्माण सुरु गरिएको थियो । 

    विमानस्थलले सडक चौडा गर्न सहमति दिएसँगै सडक विस्तारलाई बाटो खुलेको थियो । सडक सम्पन्न भएपछि जडीबुटीबाट आएका सवारीसाधन कोटेश्वर हुँदै बालकुमारीतर्फ र कोटेश्वरबाट आएका जडीबुटी हुँदै पेप्सीकोलातर्फ जान रोकिने छैनन् । सो सडक आगामी दिनमा मनोहरा पुलसम्म विस्तार गर्ने योजना रहेको सडक डिभिजनले जनाएकाे छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij