वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाको नमूना परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी संक्रमणकै कारण आज थप १५ जनाको निधन भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij