Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

१६० केजी गाजा बरामद

१६० केजी गाजा बरामद

  • 493
    SHARES
  • १६० केजी गाजा बरामद

    महोत्तरी । सशस्त्र प्रहरी बलले महोत्तरीको महोत्तरी गाउँपालिकाबाट १ सय ६० किलोग्राम गाजा बरामद गरेको छ । सशस्त्र प्रहरी छिनमस्ता बाहिनीबाट खटिएको टोलीले रानीरतवाडाबाट गाजा बरामद गरेको हो ।

    images

    सशस्त्र प्रहरी मधेस प्रदेशका बाहिनीपति गणेश ठाडामगरका अनुसार गणेश चौधरीको घर पछाडि रहेको परालको टौवाबाट १ सय ६० गाजा फेला परेको हो ।

    परालको टौवामा लुकाइराखेको १६ पोकामा १६० केजी गाजा रहेको प्रहरीले जनाएको छ । बरामद भएको गाजा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको ठाडामगरले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology