Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चीनमा फेरि लकडाउन

चीनमा फेरि लकडाउन

  • 455
    SHARES
  • चीनमा फेरि लकडाउन

    बेइजिङ । चीनमा बेइजिङनजिकैको क्षेत्रमा लकडाउन गरिएको छ ।

    images

    कोभिड संक्रमित देखिएपछि यसै साता चीनको राजधानीबाट १०० किलोमिटर दक्षिण पश्चिममा रहेको सियोंगान न्यु एरियामा अधिकारीहरुले लकडाउन घोषणा गरेका हुन् ।

    करिव १२ लाख जनसंख्या भएको सो क्षेत्र चीनको नयाँ आर्थिक क्षेत्र हो । त्यहाँका वासिन्दालाई घरबाहिर निस्कन वा त्यस क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको स्थानीय भाइरस रोकथाम कर्मचारीले एएफपीलाई बताए ।

    चीनमा हालसालै गरिएका लकडाउनलाई सार्वजनिक रुपमा घोषणा र सरकारी सञ्चार माध्यमले वृहत् रिपोर्ट गरेपनि सियोंगानको प्रतिबन्ध विना सूचना लगाइएको र त्यसले त्यहाँका केही वासिन्दामा दुविधा सृजना गरेको प्राप्त विवरणहरुमा जनाइएको छ । 
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology