Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

नेपालसँग खेल्दा मौरिसस अढाई वर्षपछि मैदानमा फर्कने 

नेपालसँग खेल्दा मौरिसस अढाई वर्षपछि मैदानमा फर्कने 

  • माघ १४, २०७८ शुक्रवार २०:०५ बजे
  • 328
    SHARES
  • नेपालसँग खेल्दा मौरिसस अढाई वर्षपछि मैदानमा फर्कने 

    काठमाडौं । नेपाल र मौरिसस त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा उत्रँदै गर्दा नेपाल पहिलो पटक अफ्रिकन राष्ट्रविरुद्ध खेल्नेछ । खेल साँझ पौने ५ बजे सुरुहुनेछ । अफ्रिकन राष्ट्रविरुद्ध नेपालले दुई मैत्रीपूर्ण खेल खेल्नेछ । दोस्रो खेल मंगलबार हुनेछ । 

    images

    नेपाल कात्तिक यता पहिलो पटक मैदानमा उत्रँदा मौरिसस भने करिब साढे अढाई वर्षपछि मैदान उत्रँदै छ । टोलीले जम्मा ४५ दिन अभ्यास गरेर नेपालविरुद्ध मैदान उत्रन लागेका हो । यता, नेपाल २८ वर्षको साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक फाइनल पुगेको थियो र फाइनलमा भारतसँग पराजित भएपछि पहिलो पटक मैदान उत्रँदै छ । 

    एक अर्काविरुद्ध पहिलो पटक प्रतिस्पर्धा गर्दा दुवै टोलीको योजना जित हुनेछ । दुवै एक अर्काविरुद्ध अपरिचित समेत छन् । नेपाल घरेलु मैदानमा उच्च मनोबल सहित दुवै खेल जित्ने योजनामा छ । 

    मौरिससको २३ सदस्यीय टोली नेपाल झरेको छ भने नेपालले दुई खेलका लागि दुई फरक टोली तयार पारेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले पहिलो पटक नौ खेलाडीलाई टोलीमा समावेश गर्दै ३४ खेलाडीनै दुई टोलीमा बाढेका हुन् । १२ खेलाडीले भने दुवै टोलीमा स्थान बनाएका छन् ।  मौरिससका मुख्य प्रशिक्षक टोनी फ्रान्कोईसले पहिलो पटक नेपालसँग खेल्न लागेको प्रतिक्रिया दिँदै आफूहरूले अढाई वर्षपछि मैदान उत्रन लागेको बताए । 

    ‘हामी पहिलोपटक यहाँ आएका हौं । नेपाल धेरै राम्रो टिम हो भन्ने हामीलाई थाहा छ,’ उनले भने, ‘हाम्रो राष्ट्रिय टोलीले नखेलेको अढाई वर्ष भयो ।  डिसेम्बरमा ट्रेनिङ सुरु गरेका हौं । ४५ दिनमात्र अभ्यास गरेका छौं ।’

    यस्तै प्रशिक्षक टोनीले नेपालविरुद्ध आफूहरूलाई खेल्न सजिलो नहुने र राम्रो प्रतिस्पर्धा दिने बताए । ‘हामीलाई नेपालविरुद्ध खेल्न सजिलो हुने छैन । आशा छ, हामीले राम्रो प्रतिस्पर्धा गर्नेछौं,’ टोनीले भने । 

    यता, मौरिससका कप्तान केभिन ओब्राइनले नेपाल राम्रो टोली रहेको र आफूले राम्रो प्रतिस्पर्धा दिने बताए । ‘नेपाल राम्रो टिम हो । हामी जित्नको लागि खेल्छौं,’ उनले भने । 

    यता, नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उपस्थित भएनन् । उनको स्थानमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) उपस्थित भए । 

    प्रशिक्षक किरणले नेपाल मैत्रीपूर्ण खेलका लागि तयार भएको र अघिल्ला गल्ती सुधार गर्दै खेल्ने बताए । ‘पहिलो खेलका लागि हामीले सबै तयारी गरेका छौं । पहिला गरेको गल्तीलाई सुधार गरेर राम्रो प्रदर्शन गर्ने आस गरेका छौं,’ पोखरा निवासी श्रेष्ठले भने । 

    यस्तै उनले मौसिससँगको खेल एसियन कप छनोटको तयारीको लागि हेरिएको र यस टोलीबाट नयाँ खेलाडी निस्किए राष्ट्रिय टोली झनै बलियो हुने विश्वास व्यक्त गरे ।  ‘३४ जनाको टिम बनाएको छ । एसियन कपको छनोटको तयारीको लागि मौरिससविरुद्धको खेललाई लिएका छौं । नयाँ खेलाडीहरू निस्कियो भने राष्ट्रिय टिम अझ बलियो हुन्छ भन्ने लागेको छ,’ श्रेष्ठले भने । 

    यस्तै उनले वरियताको हिसाबले मौरिसस नेपालकै स्तरको भएको र उनीहरू शारीरिक रूपमा भने नेपाल भन्दा बलियो हुन सक्ने बताए । हाल नेपाल फिफा वरियतामा १६९ स्थानमा छ भने मौरिसस १७२ स्थानमा छ ।  

    यता, नेपाली टोलीका कप्तान किरण इतिहासमै पहिलो पटक अफ्रिकी टिमसँग खेल्न लागेको र फरक अनुभव हुने बताउँछन् । ‘इतिहासमै पहिलोपटक अफ्रिकी टिमसँग खेल्न लागेको छौं । फरक अनुभव हुनेछ,’ २३ वर्षीय किरणले भने । 

    किरणले आफू दुई दिनमात्रै टोलीको प्रशिक्षणमा सहभागी भएको र लिगका कारण खेलाडी शारीरिक तथा मानसिक रूपमा तयार रहेको बताए । किरण माल्दिभ्समा माजिया एससीबाट खेल्दै गर्दा नेपाल आएका हुन् ।  

    ‘दुई दिनको प्रशिक्षण हेर्दा सबै खेलाडी फिट देखेको छु । सबैले लिग खेलिरहेका छन् । त्यसैले सबै शारीरिक र मानसिक रूपमा फिट छन्,’ नेपालका लागि सर्वाधिक ७९ क्याप जितेका किरणले भने । 

  • सम्बन्धित विषय:

  • # नेपाल र मौरिसस

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology