Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

अस्ट्रेलियन ओपनः उपाधिका लागि नाडाल र मेड्भेडेभ भिड्ने

अस्ट्रेलियन ओपनः उपाधिका लागि नाडाल र मेड्भेडेभ भिड्ने

  • माघ १४, २०७८ शुक्रवार २०:१० बजे
  • 316
    SHARES
  • अस्ट्रेलियन ओपनः उपाधिका लागि नाडाल र मेड्भेडेभ भिड्ने

    काठमाडौं । स्टेफानोस सित्सिपासलाई ३–१ सेटको नतिजामा पराजित गर्दै ड्यानियल मेड्भेडेभले अस्ट्रेलियन ओपनको फाइनलमा राफेल नाडालसँगको भेट निश्चित गरेका छन् । शुक्रबार मेलबर्न पार्कमा भएको दोस्रो सेमिफाइनलमा ६–७, ९५–७०, ६–४, ४–६, १–६ को नतिजामा पराजित गर्दै २० पटकका ग्रान्डस्लाम च्याम्पियनसँगको खेल्ने निश्चित गरेका हुन् ।

    images

    लगातार दोस्रो पटक अस्ट्रेलियन ‌ओपनको फाइनलमा पुगेका मेड्भेडेभ गत वर्ष नोभाक जोकोभिचसँग पराजित भएका थिए । सित्सिपास गत वर्ष पनि सेमिफाइनलबाट बाहिरिएका थिए ।

    गत वर्षका युएस ओपन च्याम्पियन मेड्भेडेभले एक पटकका अस्ट्रेलियन च्याम्पियनको सामना गर्नेछन् । नाडालले पछिल्लो पटक २००९ मा अस्ट्रेलियन ओपन जितका  थिए । त्यसयता चार पटक फाइनल पुगेर पनि नाडालले उपाधि जित्न सकेका छैनन् ।

  • सम्बन्धित विषय:

  • # अस्ट्रेलियन ओपन

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology