Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

आजदेखि विद्यालय सञ्चालन

आजदेखि विद्यालय सञ्चालन

  • 651
    SHARES
  • आजदेखि विद्यालय सञ्चालन

    काठमाडौं । आजदेखि माघ २० गतेसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्यका लागि विद्यालयहरु सञ्चालनमा आएका छन् । 

    images

    देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहेपनि खोप लगाउने प्रयोजनका लागि विद्यालय खुलेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ । 

    खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न यसअघि शिक्षा मन्त्रालयले निर्देशन दिएकाे थियाे । सोही अनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन् ।

    काठमाडौं महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ । 

    त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ  । १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना र फाइजर खोप दिइँदै आइएको छ ।  

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology