Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

सत्ता गठबन्धनको बैठक सुरु

सत्ता गठबन्धनको बैठक सुरु

  • 429
    SHARES
  • सत्ता गठबन्धनको बैठक सुरु

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत नेता सहभागी छन् । तर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि भने बैठकमा सहभागी भएका छैनन् । 

    images

    निर्वाचन आयोगले वैशाखमै निर्वाचन गर्ने गरी मिति तोक्न पटक–पटक आग्रह गर्दा पनि सत्ता गठबन्धनमा सहमति नजुट्दा निर्वाचन मिति घोषणा हुन सकेको छैन । पछिल्लो पटक संविधानसँग बाझिएका कानुन संशोधनको दाबी गरेको गठबन्धनको बैठक बसेको हो । 

    सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव  गर्ने गरी छलफल गर्दै आएका छन् ।

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology