Logo

२०७९, जेठ ४ गते बुधवार

२०७९, जेठ ४ गते बुधवार

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

  • 103
    SHARES
  • सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

    काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप १ जहाज भित्र्याएको छ । श्रीले ८० सिट क्षमताको क्यू ४००-८ जहाज थपेको हो ।

    योसँगै कम्पनीको उडान सेवामा ८ वटा जहाज भएका छन् । श्री एयरलाइन्सले एक महिना अघि मात्रै एक जहाज भित्र्याएको थियो । योसँगै कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो ।

    श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौँ विमानस्थलमा अवतरण गरेको जानकारी दिए । क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन् । उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।

    श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुई वटा तथा सीआजे २०० (५० सिटे) दुई थान र सीआरजे ७०० (७० सिटे) दुई थान जहाज मार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ । थपिएका जहाज मार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ ।

    नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति प्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तब्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology