Logo

२०८१, बैशाख ५ गते बुधवार

२०८१, बैशाख ५ गते बुधवार

हिमपातमै बुस्टर खोप 

हिमपातमै बुस्टर खोप 

  • 381
    SHARES
  • हिमपातमै बुस्टर खोप 

    काठमाडाैं । हिमपातकै अवस्थामा पनि मनाङमा कोभिड–१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ ।

    images

    कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएकाले सुरक्षाकर्मी, ज्येष्ठ नागरिक, विभिन्न बिरामी साथै अन्य सर्वसाधारणलाई पनि बुस्टर खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए ।

    मनाङमा १८ वर्षभन्दा माथिका सबैले कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्राको खोप लगाइसकेका छन । पहिलो र दोस्रो खोपको मात्राको खोप लगाइसकेका ४ हजार ३ सय ९९ जना रहेको उनले बताए ।

    उनका अनुसार यसअघि चामे गाउँपालिकामा बुस्टर खोप लगाउन सुरु गरिएकोमा तल्लो क्षेत्रको नासों गाउँपालिकामा आइतबारदेखि बुस्टर खोप लगाउन थालिएको छ । माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा माघ २० बाट लगाउने तयारी छ ।

    नार्पाभूमि गाउँपालिकामा चिसोका कारण सबैजना काठमाडौं, पोखरा, बेंसीसहर झरेकाले फागुनमा मात्रै बुस्टर खोप लगाउने कार्यक्रम रहेको छ । मनाङ सबैभन्दा पहिलो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला हो । ०७७ माघ महिनामा १८ वर्षमाथिका उमेर समूहका मनाङ जिल्लावासीले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।

    प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लामा कोरोनाको खोपलाई प्राथमिकतामा राखिएको बताए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology