Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

  • 471
    SHARES
  • गृहमन्त्री खाँणद्वारा २० जिल्लाका प्रजिअलाई टेलिफोन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गरिब एवं अशक्तलाई तराईमा शीतलहर र हिमालमा हिमपातबाट बचाउन न्यानो कपडा तथा दाउरा वितरणका लागि सरकारले गरेको निर्णय कार्यान्वयन र कोभिड-१९ संक्रमण अवस्थालगायतका विषयमा कुरागर्ने २० जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेका छन् ।

    images

    गृहमन्त्री खाँणले मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य, डडेलधुराका प्रेमराज जोशी, गोरखाका शङ्करहरि आचार्य, ताप्लेजुङका उमेश पाण्डे, बझाङका बाबुराम अर्याल र सोलुखुम्बुका गणेशविक्रम शाहीलाई आज टेलिफोन गरी न्यानोे कपडा तथा दाउराको व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।

    यस्तै उनले मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महत, खोटाङका फणिन्द्र दाहाल, ओखलढुङ्गाका दिलकुमार तामाङ, सुनसरीका इन्द्रदेव यादव, उदयपुरका वीरेन्द्रकुमार यादव र पाँचथरका सुरेश न्यौपानेसँग जिल्लागत शान्तिसुरक्षा र कोभिड-१९ लगायतका विषयमा जानकारी लिएका छन् ।

    यसैगरी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, इलामका माधवप्रसाद ढुङ्गाना, रसुवाका नवराज जैसी, म्याग्दीका चिरञ्जीवी राना, लमजुङकका सुशील वैद्य, सप्तरीका जनार्दन गौतम, रौतहटका कृष्णबहादुर शाही र पर्वतका पर्वत देवी पाण्डे खत्रीसँग टेलिफोनमा जिल्लामा कोभिड-१९ संक्मणकाे अवस्था, खोप लगाएकाको सङ्ख्या, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएकाे गृहमन्त्रीका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए ।

    गृहमन्त्री खाँणले जिल्ला प्रशासन र जिल्लास्थित सरकारी कार्यालयमा कोभिड-१९ को अवस्था, शान्ति सुरक्षाको स्थिति, तराईमा शीतलहर र हिमालमा हिमपातको प्रभावमा परेका गरिब र अशक्त नागरिकलाई न्यानो कपडा वितरणबारे जानकारी लिएका हुन् । सरकारले गत मङसिर १ गते नै रकम खर्च गर्ने अख्तियारीसहित तराईमा शीतलहरबाट बच्न र हिमालमा हिमपातबाट बच्न न्यानो कपडा वितरणका लागि निर्देशन दिएको थियो । 

    ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी तामाङले गृहमन्त्री खाँणले टेलिफोनमा जिल्लामा कोभिड-१९ को संक्रमणको अवस्था, रोक्नका लागि खोप लगाउने कार्य, आइसोलेसन, शान्ति सुरक्षाको अवस्था र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए । ‘मन्त्रीज्यूले बिहान टेलिफोनमा जिल्लामा शान्ति सुरक्षाको अवस्था, कोभिड संक्रमण, कोभिडविरुद्धको खोप र शीतलहरबारे जानकारी लिनुभयो’, प्रजिअ तामाङले भने । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology