Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

चार वर्षमा पनि पुरा भएन विद्युत विस्तारको काम 

चार वर्षमा पनि पुरा भएन विद्युत विस्तारको काम 

  • 398
    SHARES
  • चार वर्षमा पनि पुरा भएन विद्युत विस्तारको काम 

    काठमाडौं । मकवानपुरको विकट राक्सिराङ गाउँपालिकामा विद्युत विस्तार योजना अधुरै रहेको छ । चार वर्ष अघि थालिएको सो कार्य हालसम्म पूरा हुन नसक्दा विस्तारको काम अधुरो बनेको हो । 

    images

    विसं २०७५ मा विद्युत् विस्तारको काम एक वर्ष भित्र सम्पन्न गर्ने गरी अघि बढाइएको थियो । ठेकेदार र नेपाल विद्युत् प्राधिकरणको ढिलासुस्ती र लापरवाहीका कारण राक्सिराङ गाउँपालिकाका नौ वटै वडामा विद्युत् विस्तार हुन सकेको छैन । 

    काठको खम्बा विस्थापित गर्ने योजनाका साथ प्राधिकरणको बैंक खातामा गाउँपालिकाले  एक करोड रुपैयाँ जम्मा गरेको थियो । उक्त रकममा प्राधिकरणले एक करोड थपेर काम अघि बढाएको थियो । 

    गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार पटकपटक ताकेता गर्दासमेत प्राधिकरणले विद्युतीकरणको काममा ध्यान दिएको छैन ।

    प्राधिकरणको हेटौँडा वितरण केन्द्रको कार्यालयमा रहेको अभिलेखअनुसार गाउँपालिकाको खैराङ–खुर्कोट क्षेत्रमा  ३४५ बिजुलीको पोल लगिएको छ । तर सो क्षेत्रमा ७५ पोल मात्र रहेको पाइएको छ ।

    प्राधिकरणको प्रतिवेदन अभिलेखमा सबै काम भएको पाइए पनि सो गाउँपालिकाको विभिन्न स्थानमा खम्बा, तारलगायत सामग्री यत्रतत्र छरिएर रहेको अध्यक्ष मल्लले बताए। 

    विद्युत् प्राधिकरण, ठेकेदार कम्पनी, कर्मचारी र वडाध्यक्षका कारण काममा ढिलाइ भएको अध्यक्ष मल्लको आरोप छ । सो क्षेत्रमा चेपाङ र तामाङ समुदायको बसोबास रहेको छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology