Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

  • 710
    SHARES
  • अनुचित शुल्क एवं जरिवाना रोक्न आग्रह

    विराटनगर । मोरङ व्यापार संघले औद्योगिक प्रयोजनका मालवाहक सवारी साधनहरुबाट लिने गरेको अव्यावहारिक शुल्क तथा जरिवाना नलिन माग गरेको छ ।

    images

    संघका अध्यक्ष नवीन रिजालसहितका पदाधिकारीहरुले सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रशासन कार्यालय सुनसरी र प्रहरी प्रमुखहरुलाई भेटेर ज्ञापनपत्र बुझाएका छन् ।

    अध्यक्ष रिजालले मोरङ-सुनसरी औद्योगिक कोरिडोरका लागि भारतबाट भित्रिने मालवाहक सवारी साधनहरु फिर्ता जाने क्रममा मोरङ र सुनसरीमा केही निकायहरुबाट विभिन्न शीर्षकमा शुल्क/जरिवाना असुल्ने कार्य भइरहेको बताउँदै औद्योगिक प्रयोजनले विराटनगर नाकामार्फत नेपाल भित्रिनुपर्ने भारतीय सवारी साधनहरु हाल फारवीसगञ्ज-जोगबनी-विराटनगर सडकखण्डको जीर्ण अवस्थाको मीरगञ्ज पुलका कारण भीमनगर-भन्टाबारी नाकाका लागि री-रुट भई थप १३० किमी गन्तव्य तय गर्न बाध्य भएको बताए ।

    यसकारण नेपाली आयात कर्ताहरुलाई लागत खर्चमा वृद्धि भएको अवस्थामा नेपाली पक्षबाट समेत अतिरिक्त प्रकारको शुल्क असुली हुँदा स्वदेशी उद्योग व्यवसायलाई थप व्ययभार परेको महासंघले गुनासो गरेकाे छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology