Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

नागरिकता नहुँदा बैंक खाता खोल्नदेखि वृद्धभत्ता पाउँन समेत सकस 

नागरिकता नहुँदा बैंक खाता खोल्नदेखि वृद्धभत्ता पाउँन समेत सकस 

  • 432
    SHARES
  • नागरिकता नहुँदा बैंक खाता खोल्नदेखि वृद्धभत्ता पाउँन समेत सकस 

    जुम्ला । कनकासुन्दरी गाउँपालिका–१ रियागाउँकी ३२ वर्षीया कमला बुढा (कठायत) एक छोरी र एक छोरा छन् । स्थानीय स्याउ बगैँचामा मजदुरको काम गर्दै आएकी उनले यही मजदुरीले छोराछोरी पालिरहेकी छिन् ।

    images

    ज्याला मजदुरीबाट बचेको केही रकम बैंकमा राख्ने इच्छा भएपनि उनीसँग नागरिकता नहुँदा त्यो पुरा हुन सकेको छैन । उमेर ३२ वर्ष पुग्दा पनि न उनीसँग माइती घरबाट नागरिकता बनेको छ नत अहिलेको घरबाट नै नागरिकता बनेको छ ।

    नागरिकता नहुँदा उनी यतिबेला रनभुल्लमा परेकी छिन् । घर झगडा परेपछि उनी अहिले एक्लै बस्छिन् । उनको विवाह दर्ता समेत नभएको उनले बताइन । नागरिकता नहुँदा विभिन्न समस्याहरु हुने गरेको उनको भनाइ छ।

    कमलाको माइती घर पातारासी गाउँपालिका–७ पटमारा हो । रियागाउँका ३५ वर्षीय हस्त कठायतसँग उनले विवाह गरेकी थिइन । पति कठायतले नागरिकता र विवाह दर्ताको कुरा गर्नासाथै कुट्ने पिप्ने गरेको उनी बताउँछिन् ।

    नागरिकता अभावकै कारण कोरोनाविरुद्धको खोप लगाउन समेत हारगुहार गर्नु परेको उनले बताइन । खोप लगाउन नपाएको गुनासो पत्रकार महासंघ शाखा जुम्लासँग गरेपछि महासंघका अध्यक्ष नेत्र शाहीले सहायक प्रमुख जिल्ला अधिकारीसँग समन्वयपछि कोरोनाको खोप लगाउन पाएको उनले बताइन ।

    त्यस्तै चन्दननाथ नगरपालिका–४ बौद्ध गुम्बामा बस्दै आएकी ८३ वर्षीया सांगे फुटीकसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित भएकी छन् । मुगुको कार्मारोङ गाउँपालिकामा जन्मिएर २४ वर्षदेखि जुम्लामा बस्दै आएकी फुटीकले कान पनि सुन्दिनन् । अपांग भए पनि उनीसँग अपाङ्गता परिचयपत्र समेत छैन ।

    उग्रेन तेघोलिङ गुम्बाका काङ्सर लामाले गुम्बामा बास दिएर हेरविचार गर्दै आएका छन् । ‘बृद्धाले कतै बस्ने ठाउँ नपाएपछि गुम्बामा बसालेको हुँ । उनका भाइ भए पनि हेरविचार गर्दैनन् । खानासमेत मुस्किलले खान्छिन्, कान पनि सुन्दिनन्’ लामाले भने ।

    फुटीकका दाजुभाईले पनि नागरिकता बनाउन पहल नगरेपछि बुढेसकालको सहारा बन्दै आएको सामाजिक सुरक्षा भत्ता समेत नपाएको लामाको भनाइ छ । अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकलाई सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपाल जुम्लाले राहत स्वरूप खाद्यान्न वितरण गरेपछि फुटीकलाई केही सहज भएको लामाले बताए ।

    पातारासी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खराम बुढाका अनुसार सांगे फुटीक पहिला यही वडामा बस्दै आएकी थिइन् । उनले भने, ‘उहाँको स्थायी ठेगना मुगु हो । उहाँले त्यहाँबाट बसाईसराई गर्नु भएको छैन । बसाईसराई नभएपछि नागरिकता बनाउन समस्या भएको हो ।’

    पत्रकार महासंघका पदाधिकारीले नागरिकता नहुँदा खोप लगाउनबाट बञ्चित भएको पीडितसहित प्रशासनमा आएपछि खोप लगाएको र नागरिकता पनि बनाउन पहल भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् ।

    उनले भनिन्, ‘पीडित कमला बुढाको नागरिकता उनका पति टेक बुढाबाटै बनाउने तयारी गरेका छौँ । पतिबाट सम्भव नभएपछि माइती पक्षबाट पनि नागरिकता बनाउने छौँ ।’  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology