Logo

२०७९, जेठ ४ गते बुधवार

२०७९, जेठ ४ गते बुधवार

ट्रयाक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु 

ट्रयाक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु 

  • 231
    SHARES
  • ट्रयाक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु 

    झापा । कनकाई नगरपालिका-७ दुर्गापुरमा ट्रयाक्टरले किचेर दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।

    बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नं को ट्रयाक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

    घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्रयाक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् ।

    उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology