Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमण बढ्दो

सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमण बढ्दो

  • 439
    SHARES
  • सीमा जोडिएका क्षेत्रमा कोरोना संक्रमण बढ्दो

    बैतडी । भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । यहाँ हाल दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएको पाएको छ । विगत १५ दिनयता यस प्रदेशमा ७ हजारभन्दा बढी संक्रमण भइसकेको छ ।

    images

    स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार गत पुस २८ गतेदेखि हालसम्म ७ हजार ३१८ जनामा संक्रमित भएको छ । सोही अवधिमा संक्रमणका कारण ७ जनाको ज्यान गएको निर्देशनालयले जनाएको हो ।

    पुस २८ गतेसम्म यस प्रदेशमा ४९ हजार ४७९ जनामा संक्रमित देखिएकामा हाल त्यो सङ्ख्या बढेर ५६ हजार ७९७ पुगेको छ । मृतक ६१४ जना रहेकामा हाल बढेर ६२१ जना पुगेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिएसँगै त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको हो ।

    हाल यहाँका नाकाबाट फर्किने अधिकांशमा कोरोना संक्रमण पुष्टि हुँने गरेको छ । भारतसँगका यहाँका झुलाघाट, पुलघाट, जौलजिवी, दत्तु, खलङ्गा, गड्डाचौकी र त्रिनगर नाकाबाट स्वदेश फर्किनेको क्रम बढेको छ ।

    भारतका विभिन्न शहरमा प्रतिबन्ध लगाइएका कारण त्यहाँ कार्यरत नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । साथै माघी पर्वमा पनि बढीजसो गाउँ फर्किएकाले संक्रमणदर बढेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड-१९ सम्र्पक व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

    उनले भने, ‘परीक्षण बढेकाले संक्रमणदर बढेको देखिएको छ, माघी र भारतका केही शहरमा लकडाउन भएकाले नेपाली कामदार घर फर्किएकाले संक्रमणदर बढेको हो ।’ भारतमा ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिरहेकाले यहाँका नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ ।

    यस प्रदेशमा मङ्गलबार ४ जनामा ओमिक्रोन पुष्टि भइसकेकाले सीमानाकामा थप कडाइ गरिएको जोशीको भनाइ छ । उनले भने, ‘सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ, संक्रमितलाई आइसोलेसनमा राख्ने गरिएको छ । साथै भारतबाट आउनेलाई नाकामै खोप लगाउने प्रबन्धसमेत मिलाएका छौं ।’

    सीमानाकामा थप प्रभावकारी ढंगले स्वास्थ्य परीक्षण र होल्डिङ सेन्टरको प्रबन्ध गरिएको र विगतकोभन्दा थप सबल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटाइएको छ । यसका साथै कोभिड-१९ सम्र्पक व्यक्ति जोशीकाअनुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी छ ।

    सुदूरपश्चिम प्रदेशमा हालसम्म ४ लाख ७३ हजार २९७ जनाको कोरोना परीक्षण गरिएकामा ५६ हजार ७९७ जनामा संक्रमित भइसकेको छ । संक्रमणका कारण यस प्रदेशमा ६२१ जनाको ज्यान गएको छ । प्रदेशका विभिन्न आठ प्रयोगशालामार्फत पीसीआर परीक्षण र प्रदेशका सबै जिल्लामा एन्टिजेनमार्फत परीक्षण कार्य जारी छ ।  

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology