काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ हजार ५६२ नमूना परीक्षण गर्दा ४९०४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार ९२४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन भाइरसको प्रभावले फैलाएको कोरोनाको तेस्रो लहरमा शनिबार पहिलो पटक संक्रमित थपिने भन्दा निको हुनेको संख्या बढी भएको हो । थपिएका नयाँ संक्रमितभन्दा एक हजार बढी संक्रमणमुक्त भएका छन् ।
यस अवधिमा ६ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या घटेर ८७३२९ भएको छ । शुक्रबार सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology