Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

२२ किलो चरेश बरामद

२२ किलो चरेश बरामद

  • 423
    SHARES
  • २२ किलो चरेश बरामद

    महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट शनिबार राति २२ किलो १५० ग्राम चरेश बरामद गरिएको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले भारतीय नम्बर प्लेटको युपी ३१ २२५६ नम्बरको मोटरसाइकलसहित बेलौरीको बुटाबारीबाट बेवारिसे अवस्थामा रहेको चरेश बरामद गरिएको बताए ।

    इलाका प्रहरी कार्यालय बेलौरीको प्रहरी टोलीले उक्त चरेश मोटरसाइकलमा राखेको अवस्थामा भेट्टाएको प्रवक्ता शाहको भनाइ छ । ‘ चरेशबारे विस्तृतमा अनुसन्धान हुदैछ ’, उनले भने, ‘अनुसन्धानबाट सबै कुरा बाहिर आउँछ ।’

    पछिल्लो समय कञ्चनपुरको दक्षिण क्षेत्रबाट प्रहरीले दिनहुँजसो लागूऔषधत ब्राउनसुगरसहित युवकहरु पक्राउ गर्दै आएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology