Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

७५ हजार बाख्रालाई पिपिआर खोप लगाइदैं

७५ हजार बाख्रालाई पिपिआर खोप लगाइदैं

  • 545
    SHARES
  • ७५ हजार बाख्रालाई पिपिआर खोप लगाइदैं

    बैतडी । बैतडीका ७५ हजार बाख्रालाई पिपिआर विरुद्धको खोप लगाइने भएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका अनुसार यहाँका ९ स्थानीय तहमा उक्त अभियान सञ्चालन भएको हो ।

    शिवनाथ गाउँपालिकाबाहेक अन्य पालिकामा भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप लगाउने काम भइहरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तले बताए । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत खोप अभियान सञ्चालन गरिएको हो ।

    उनले भने, ‘९ स्थानीय तहमा भ्याक्सिन पठाएर प्राविधिकले खोप लगाउँदै छन्, शिवनाथमा पशु प्राविधिक नहुँदा ढिला भएको हो । अर्को ठाउँबाट प्राविधिक खटाएर अभियान सुरु गछौं ।’ राजमार्ग नजिकका ठाउँ र व्यावसायिक बाख्रापालन गरेका ठाउँलाई प्राथमिकतामा राखेर खोप लगाउने काम भइरहेको छ ।

    प्रत्येक पालिकामा ७ हजार डोज खोप पठाइएको छ । गत वर्ष खोप लगाएका बाख्रालाई यो खोप नदिइने केन्द्रले जनाएको छ । बाख्रालाई पिपिआर रोग लागे ठूलो नोक्सानी हुने भएकाले त्यसबाट जोगाउन खोप अभियान सञ्चालन गरिएको हो । बाख्रालाई पिपिआर रोग लागेमा पखाला लाग्ने, रर्याल र सिंगान बग्ने, उच्च ज्वरो आउने लक्षण देखापर्छ । अन्त्यमा बाख्रा मर्ने गर्छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij