काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालको प्रधानमन्त्री कि विदेशीको भन्दै प्रश्न गरेका छन्। जनताले एमसीसी अनुमोदन गर्नुहुँदैन भनिरहेको अवस्थामा देउवाले एमसीसी पास गर्न खोजेर विदेशीसामु घुँडा टेकेको रावलको आरोप छ।
‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे,’ रावलले ट्विटमा भनेका छन्, ‘एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको? जनतालाई जवाफ दिनुहोस्।’
प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको? जनतालाई जवाफ दिनुहोस् ।
— Dr. Bhim Rawal (@BhimRawal179) January 30, 2022
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij