Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

विद्यालय कहिलेसम्म बन्द रहन्छ ?

विद्यालय कहिलेसम्म बन्द रहन्छ ?

  • 7.0K
    SHARES
  • विद्यालय कहिलेसम्म बन्द रहन्छ ?

    काठमाडौं । शिक्षा मन्त्रालयको निर्णय पालिकाहरूले अवज्ञा गरेपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी) को निर्देशनमा माघ मसान्तसम्म विद्यालय बन्द गरिने भएको छ । सीसीएमसीको सिफारिसअनुसार यसअघि शिक्षा मन्त्रालयले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन नभएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीएमसीलाई अधिकार दिन लागिएको हो ।

    images

    शिक्षा मन्त्रालयले यसअघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, आफ्नो पालिकामा कोभिड महामारीको जोखिम न्यून रहेको भन्दै केही स्थानीय तहले भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिएका छन् । पछिल्लो पटक सीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ । उक्त रायसहित विद्यालय बन्दका लागि गृह मन्त्रालय र शिक्षा मन्त्रालयमा सिफारिस गरिएको सीसीएमसीका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । ‘यसमा डीसीएमसीलाई नै बढी भूमिका दिने भनिएको छ, हामीले लेखेर पठाइसकेका छौं,’ उनले भने ।

    काठमाडौं, ललितपुर, भक्तपुर, कास्कीलगायत जिल्लाका डीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् । १५ गतेसम्मका लागि बन्द गरिएका विद्यालय अहिले विद्यार्थीलाई खोप लगाउन खुलेका छन् । २० गतेसम्म विद्यालयमा खोप कार्यक्रम सञ्चालन हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जनाए ।

    ‘सीसीएमसीले माघ मसान्तसम्मै विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ, १/२ दिनमै निर्णय आउँछ,’ उनले भने । जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक कार्यक्रम माघ मसान्तसम्म भौतिक उपस्थितिमा सञ्चालन नगर्न परिपत्र गरेको छ ।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कक्षा सञ्चालन भुर्चअल विधि वा वैकल्पिक माध्यमबाट मात्रै गर्नुपर्ने जनाए । शिक्षा मन्त्रालयले यसअघि माघ दोस्रो सातासम्म विद्यालय बन्द गर्ने निर्णय गरे पनि काठमाडौं महानगरपालिकाकै कतिपय विद्यालयले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गरेको अभिभावकको गुनासो छ ।

    काठमाडौं प्रशासनले जनशक्ति भर्ना, वैदेशिक रोजगार, भाषा र चिकित्सा शिक्षाका परीक्षा जनस्वास्थ्यको मापदण्ड पूरा गरी भौतिक उपस्थितिमा नै सञ्चालन गर्न सकिने जनाएको छ । ललितपुर, भक्तपुर र कास्की प्रशासनले पनि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न नपाइने आदेश जारी गरेको छ ।

    निजी विद्यालय सञ्चालकहरूले भने शिक्षामन्त्री देवेन्द्र पौडेललाई भेटेर आलोपालो भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) का पदाधिकारीले खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो विद्यालय डाकेर पठनपाठन गर्न सकिने बताएका हुन् ।

    माघ २३ देखि कक्षा सञ्चालन गर्न दिन प्याब्सन र एनप्याब्सनले माग गरेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरीले अति जोखिमका क्षेत्रमा मात्र विद्यालय बन्द गर्न उपर्युक्त हुने सुझाव दिए । कान्तिपुर दैनिकबाट

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology