वेबटिभी खबर
एजेन्सी, काठमाडौं । भारतमा कोरोनाको दैनिक नयाँ संक्रमित थपिनेको संख्यामा २० दिनपछि दुई लाख भन्दा कम देखिएको छ ।
पछिल्लो २४ घण्टामा एक लाख ६४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो अवधिमा दुई लाख ५२ हजार भन्दा धेरैले कारोनालाई पराजित गर्न सफल भएका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११८५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । संक्रमितको संख्या घटेपनि मृतकको संख्यामा भने लगातार वृद्धि भएको छ । सोमबार ९५५ जनाले कोरोनाका कारण ज्यान गुमाएका थिए भने आइतबार ८८६ जनाले ज्यान गुमाउनु परेको थियो ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या १७ लाख ३४ हजार रहेको छ । कोरोनाको तेस्रो लहरमा भारतमा जनवरी २० मा सबैभन्दा धेरै संक्रमित (३ लाख ४७ हजार भन्दा बढी) थपिएका थिए । पछिल्लो दश दिन यता संक्रमित थपिने क्रम ओरालो लागिरहेको छ । यद्यपी, मृतको संख्या भने बढेको छ ।
भारतको केरल, कर्नाटक, महाराष्ट्र, तमिलनाडु र आन्ध्र प्रदेश सबैभन्दा धेरै प्रभावित राज्य हुन् ।
भारतमा नयाँ संक्रमित थपिने दरमा गिरावट जारी, मृतकको सङ्ख्या भने बढ्यो
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij