Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

  • 630
    SHARES
  • आतंककारीले अपहरण गरेका ३२ जना मुक्त

    लागोस । नाइजेरियाका आतंककारी बोको हरामले अपहरण गरेका ३२ जनालाई देशका विभिन्न स्थानबाट मुक्त गरिएको यहाँको प्रहरीले जनाएको छ । 

    नाइजेरियाली प्रहरीले सोमबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारी अनुसार नाइजेरियाको विशेष गरी जामफारा राज्यबाट अधिकांश अपहरित व्यक्तिहरू मुक्त भएका हुन् ।

    उनीहरू अपहरण परेको उजुरीपछि प्रहरीले उनीहरूको खोजीका लागि विशेष सुरक्षा दस्ता लगाएको र अपहरणमुक्त गराएको नाइजेरियाली प्रहरीले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

    खोजीका क्रममा उनीहरूलाई गएको बुधबारदेखि आइतबारसम्ममा मुक्त गराइएको सो विज्ञप्तिमा जानकारी दिइएको छ ।

    नाइजेरियामा त्यहाँका बोको हराम आतंककारीहरूले धेरैजसो विद्याथी र शिक्षक तथा कहिलेकाहीँ सर्वसाधारण नागरिकलाई अपहरण गरी बेपत्ता बनाउने गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij