वेबटिभी खबर
काठमाडौं । झापाको बिर्तामोड नगरपालिका-५ को पञ्चकन्या चोकबाट ब्राउनसुगरसहित एक युवक पक्राउ परेका छन् ।
अस्थायी प्रहरी पोष्ट नयाँ बस पार्कबाट खटिएको प्रहरी टोलीले २४ वर्षीय सुनिल लिम्बूलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले ब्राउन सुगर २९ ग्राम, नगद २ हजार र दुई थान मोबाइल बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी झापामा राखेर उनीविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।
उनकाअनुसार प्रहरीले अनुसन्धानका लागि बुधबार जिल्ला अदातल झापाबाट म्याद थप अनुमति पनि पाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij