Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

  • माघ १९, २०७८ बुधवार १२:४३ बजे
  • 810
    SHARES
  • दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

    काठमाडौं । दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो ।

    दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे । यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए ।

    इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान आठ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो ।

    यता, समूह ‘बी’ को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २-० अन्तरले पराजित  गर्यो । जापानको जितमा तुकुमी मिनामिनो र जुन्या इतोले एक एक गोल गरे । जापानको जितसँगै समूह ‘बी’ मा विश्वकपमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।

    आठ खेलबाट साउदी १९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा छ । मंगलबार नै भएको खेलमा अष्ट्रेलियाले ओमानसँग २-२ गोलको बराबरी खेल्यो ।

    यस समूहबाट समेत दुई टोली विश्वकपमा सिधै स्थान बनाउने छन् । दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij