Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

  • 571
    SHARES
  • जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिहीबारदेखि आलोपालो सेवा दिने

    भक्तपुर । केही दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरले यहाँका बासिन्दाका लागि बिहीबारदेखि आलोपालो सेवा दिने भएको छ ।

    कार्यालयले गत माघ ५ गतेबाट स्थगित गरिएका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका अत्यावश्यक नियमित सेवा अर्को सूचना जारी नभएसम्म माघ २० गतेदेखि आलोपालो सेवा दिने भएको हो ।

    प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आज यसबारेमा जानकारी दिँदै कोभिड-१९ को नयाँ भेरियन्टसहितको ओमिक्रोन संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले बन्द गरेका सेवा  बिहीबारदेखि आलोपालो प्रणालीबाट दिइने बताए ।

    आलोपालो प्रणालीअनुसार आइतबार, मङ्गलबार र बिहीबार भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका एवं सोमबार, बुधबार र शुक्रबार मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका सेवाग्राहीलाई सेवा दिइने उनले जानकारी दिएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij